तीन महिनामा साढे ५५ करोडको पासपोर्ट आयात



काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा साढे ५५ करोड रुपैयाँ बराबरको पासपोर्ट नेपाल भित्रिएको छ ।

गरेको छ ।

चालु आर्थिक वर्षको असोजसम्ममा ५५ करोड ५२ लाख २६ हजार रुपैयाँको १९ हजार ३८० केजी पासपोर्ट आयात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख गर्छ ।

नेपालले गत वर्षको सोही अवधिमा ४ करोड २२ लाख ३२ हजार रुपैयाँको मात्रै २२ सय १३ थान पासपोर्ट आयात गरेको थियो । त्यस्तै, गत वर्षको अन्त्यसम्ममा नेपालले १ अर्ब २२ करोड ४ लाख ७८ हजार रुपैयाँको ५१ हजार ३३४ थान पासपोर्ट आयात गरेको थियो ।

राहदानी विभागले २०७७ सालको कात्तिकमा २० लाख थान ई-पासपोर्ट छपाईको जिम्मा फ्रान्सेली कम्पनी आइडीइएमआइए आइडेन्टी एन्ड सेक्युरेटी फ्रान्स एसएएसलाई दिएको थियो ।

विभागले तेस्रो पटक गरेको टेन्डरमा सबैभन्दा कम रकममा काम गर्ने भन्दै कबुल गरेको फ्रान्सेली कम्पनी एसएएसलाई दिएको थियो ।

विभागले छुटसहित २ करोड ११ लाख डरलरमा २० लाख थान ई-पासपोर्ट छपाईका लागि एसएएससँग सम्झौता गरेको थियो ।

उक्त सम्झौताअनुसार छनौट भएको कम्पनीसँग १३ महिनामा २० लाख ई-पासपोर्ट र जडानमा काम गर्ने गरी सहमति गरेको थियो । सोही सम्झौताको आधारमा पासपोर्ट आयात भएको भन्सार विभागले जनाएको छ ।


क्लिकमान्डु