टर्कीमा सबैभन्दा बढी, चीनमा कम: विश्वको कुन देशमा कति बढ्यो महँगी ?



काठमाडौं । पछिल्लो समय विश्वभर महँगी बढेको छ । कोभिड-१९ महामारी, युक्रेन-रुस युद्ध लगायतका कारणले विश्वभर महँगी बढिरहेको विज्ञहरुको भनाइ छ ।

वर्ल्ड अफ स्टेटिक्सकाअनुसार गत सालको मुद्रास्फीतिको आँकडा हेर्ने हो भने विश्वमा महँगी सबैभन्दा धेरै टर्कीमा रहेको छ र दोस्रो स्थानमा अर्जेन्टिनामा रहेको छ । जहाँ वार्षिक महँगीको दर ८३ प्रतिशतमा पुगेको छ ।

कसको अवस्था कति ?

वर्ल्ड अफ स्टाटिक्सले विश्वका विभिन्न देशहरुको वार्षिक स्थितिको आधारमा महँगीको दर प्रस्तुत गरेको छ ।

जसअनुसार विश्वमा सबैभन्दा धेरै महँगी टर्कीमा रहेको छ । जहाँ महँगी ८३.४ प्रतिशतको स्तरमा पुगेको छ । यसपछि दोस्रो नम्बरमा अर्जेन्टिनाको नाम रहेको छ । अर्जेन्टिनामा महँगी दर ८३ प्रतिशतको स्तरमा पुगेको छ ।

टर्की र अर्जेन्टीनापछि १४.५ प्रतिशतसहित नेदरल्याण्ड, १३. ७ प्रतिशतसहित रुस,११.९ प्रतिशतका साथ इटली र १०. ४ प्रतिशतको दरका साथ जर्मनी रहेको छ । बेलायतमा पनि महँगी रेकर्डस्तरमा पुगेको छ ।

रिपोर्टका अनुसार बेलायतमा १०.१ प्रतिशतको महँगी रहेको छ । यसका सथै विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था रहेको अमेरिकामा महँगी ८.२ प्रतिशतको स्तरमा पुगेको छ ।

त्यसपछि क्रमश भारत ७.४ अस्ट्रेलिया ७.३, ब्राजिल ७.१ दक्षिण कोरियामा ५.६ प्रतिशतको महँगी बढेको छ ।
सबैभन्दा कम महँगी जापान र चीनमा रहेको रिपोर्टमा जनाइएको छ । जापानमा ३ प्रतिशत र चीनमा २.८ प्रतिशतको दरमा महँगी बढेको छ ।


क्लिकमान्डु