काठमाडौंमा भूकम्पको धक्का



काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार अपराह्न ३ बजेर ७ मिनेट जाँदा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प आएसँगै मानिसहरु सडकमा निस्किएका थिए ।

भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्नेच्युडको भूकम्प आएको हो । यसको केन्द्र सिन्धुपाल्चोक र तिब्बतको सीमा क्षेत्रमा रहेको छ ।


क्लिकमान्डु