ग्लोबल भोकमरी सूचकमा नेपाल ८१ औं स्थानमा, दक्षिण एसियामा श्रीलंकाभन्दा पछाडी



काठमाडौं । नेपाल ग्लोबल भोकमरी सूचकको ८१ औं स्थानमा पुगेको छ ।

जर्मनीको गैरसरकारी संस्था ‘वेल्ट हंगर हिल्फ’ले प्रकाशन गरेको १२१ देशको भोकमरी सूचकमा नेपालको अवस्था सन् २०२१ भन्दा खराब देखिएको हो । सन् २०२१ मा नेपाल विश्वभरका देशहरुमध्ये भोकमरी सूचकमा ७६ औं स्थानमा थियो ।

नेपालको अवस्था सन् २०२१ भन्दा खराब भएपनि दक्षिण एसियाली देशमा नेपाल कम जोखिम रहेको देश हो । दक्षिण एसियाली देशमध्ये श्रीलंकामा भोकमरीको कम जोखिम छ । संसारका १२१ देश मध्ये श्रीलंका ६४ औं स्थानमा छ ।

दक्षिण एसियाली देशको तेस्रो नम्बरमा रहेको बंगलादेश ८४ औं स्थानमा छ । पाकिस्तान ग्लोबल भोकमरी सूचकको ९९ औं स्थानमा छ ।

प्रतिवेदनमा श्रीलंंका, नेपाल र बंगलादेश भोकमारीको मध्यम जोखिम रहेको सूचिमा समावेश छन ।

पाकिस्तान भोकमरीको गम्भिर जोखिम रहेको सूचिमा समेटिएको छ ।

१०७ औं नम्बरमा रहेको भारत र १०९ औं नम्बरमा रहेको अफगानिस्तानमा पनि भोकमरी गम्भिर जोखिम रहेको सूचिमा समेटिएका छन ।

प्रतिवेदनमा बेलारुस, चिली, चीन, कुवेत, हंगेरी, रोमानिया, टर्कि लगायतका १७ देशमा भोकमरीको जोखिम नरहेको उल्लेख छ ।

भोकमरीको धेरै जोखिम रहेको देशमा यमन, सोमालिया, दक्षिण सुडान, बुरुण्डी रहेको छन । यी सबै देशहरु १२१ औं नम्बरमा छन् ।


क्लिकमान्डु