यी हुन् इभी अटो शोमा राखिएका आकर्षक स्कुटर तथा मोटरसाइकल, कुनको मूल्य कति ?



काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले पहिलोपटक नेपालमा इभी अटो शो शुरु गरेको छ । नाडाले ४ दिनसम्म सञ्चालन हुने गरी हिजोबाट इभी अटो शो शुरु गरेको छ ।

इभी अटो शोमा विभिन्न देशमा उत्पादन भएको विद्युतीय सवारी साधन आयात गरी नेपाली बजारमा बिक्री गर्दै आएको कम्पनीहरुले उत्साहपूर्वक सहभागी जनाएका छन् । शोमा इभी चार पाङ्ग्रे गाडी, तीन पाङ्ग्रे सवारी साधन र दुई पाङ्ग्रे सवारी साधनको प्रदर्शनमा राखेका छन् ।

कम्पनीहरुले आकर्षक ढङ्गले उक्त सवारी साधनमा प्रदर्शनमा राखेका छन् । जसमा सबैभन्दा बढी तीन पाङ्ग्रे सवारी साधन कम्पनीले जनाएका छन् ।

कुन ब्रान्डको स्कुटर तथा मोटरसाइकलको मूल्य कति ?

सुपर सोको नेपालः सुपर सोको नेपालले इभी शोमा विभिन्न प्रकारका मोटरसाइकल तथा स्कुटर प्रदर्शनमा राखेको छ । कम्पनीले सुपर सोको सीपीएक्स ब्रान्डको प्रतिघण्टा सय किलोमिटर गुड्ने १५० सीसी स्कुटरको मूल्य ४ लाख ७९ हजार ९ सय तोकेको छ भने २ सय किलोमिटर गुड्ने स्कुटरको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

त्यसैगरी, सोही कम्पनीको सीयूएक्स ब्रान्डको ११० सीसीको स्ट्यान्डर्ड स्कुटरको मूल्य २ लाख ६९ हजार ९ सय रुपैयाँ र लक्जरी कलरको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

कम्पनीले टीएस स्ट्रिट हन्टर ब्रान्डको १२५ सीसको प्रतिघण्टा एक सय किलोमिटर गुड्ने र सिंगल ब्याट्रिको मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ र प्रतिघण्टा २ सय किलोमिटर गुड्ने डबल ब्याट्रीको मूल्य ४ लाख ७९ हजार ९ सय रुपैयाँ तोकेको छ । त्यस्तै, टीसी वान्डरर ब्रान्डको १२५ सीसीको सिंगल ब्याट्री भएको मोटरसाइलकको मूल्य ३ लाख ८९ हजार ९ सय रुपैयाँ तोकेको छ भने डबल ब्याट्री भएको मोटरसाइकलको मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

साथै, टीसी ब्रान्डको सिंगल ब्याट्री भएको मोटरसाइकलको मूल्य २ लाख ९५ हजार ९ सय रुपैयाँ, डबल ब्याट्रि भएको मोटरसाइकलको मूल्य ३ लाख ८९ हजार ९ सय रुपैयाँ र टीसी म्याक्स ब्रान्डको १६० सीसी मोटरसाइकलको मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

इभी नेपाल प्रालिः नेपालका लागि लेभीएनइएनजी ब्रान्ड स्कुटरको आधिकारिक विक्रेता इभी नेपाल मोटर्स प्रालिले विभिन्न प्रकारका स्कुटर प्रदर्शनमा राखेका छन् । कम्पनीले जर्मनमा बनेको सवारी साधन आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले २.०२ किलोवाट को बोस्च स्कुटरको मूल्य २ लाख ८५ हजार रुपैयाँ, २.०५ किलोवाटको मूल्य २ लाख ८० हजार रुपैयाँ, १.४४ किलोवाटको मूल्य २ लाख ९ हजार रुपैयाँ, ३ किलोवाटको मूल्य २ लाख ७९ हजार, ३ लाख १५ हजार र ३३ हजार रुपैयाँ, २.०३ किलोवाटको ३ लाख ४९ हजार रुपैयाँ, १ किलोवाटको २ लाख ९५ हजार रुपैयाँ, ३ किलोवाटको ३ लाख ९५ हजार रुपैयाँ, २.०३ किलोवाटको ६० भोल्ट २३.४एचको ३ लाख २५ हजार रुपैयाँ र ४ किलोवाटको ३ लाख ५९ हजार रुपैयाँ मूल्य तोकेको छ ।

ह्वाइट लोटस मोटर्सः ह्वाइट लोटस मेटर्सले नियो इन्ट्रान्स र इप्लुटो ७ जी ब्रान्डको स्कुटर प्रदर्शनमा राखेको छ । कम्पनीले मेटर्सले नियो इन्ट्रान्सको मूल्य २ लाख ६० हजार रुपैयाँ तोकेको छ भने इप्लुटो ७ जी को मूल्य २ लाख ७५ हजार रुपैयाँ तोकेको छ । कम्पनीले उक्त स्कुटर तथा मोटरसाइकलको खरिदमा ८ हजार क्यासब्याक पाउने व्यवस्था गरेको छ ।

इको इन्फिटीः इको इन्फिटीले विभिन्न प्रकारका स्कुटर शोमा प्रदर्शन गरेका छन् । जसमा उक्त विभिन्न स्कुटरको मूल्य छुट्टछुट्टै छ । कम्पनीले एन स्पोर्ट ब्रान्डको स्कुटरको मूल्य ३ लाख ४८ हजार र ३ लाख ५३ हजार रुपैयाँ, एनक्यूआइजीटीको ४ लाख ९५ हजार रुपैयाँ, एमक्यूआई प्लस स्पोर्टको २ लाख ७६ हजार रुपैयाँ, एमक्यूआइजीटीको ४ लाख ७५ हजार रुपैयाँ, गोभाको मूल्य ३ लाख ६४ हजार रुपैयाँ गोभा जी ३ को मूल्य २ लाख ७७ हजार रुपैयाँ, यूक्यूआइजीटीको २ लाख ७६ हजार रुपैयाँ र यूक्यूआइएमको मूल्य १ लाख ४५ हजार रुपैयाँ तोकेको छ ।

हिमाल इभी मोटर्सः हिमाल इभी मोटर्सले आइमा ब्रान्डको टाइगर सबेर एक्स६१२ को मूल्य ५ लाख १५ हजार रुपैयाँ, एक्स ६११ को मूल्य ४ लाख ४८ हजार रुपैयाँ र टाइगर एस ५ को १ लाख ८४ हजार रुपैयाँ र माइन प्लस ब्रान्डको स्कुटरको मूल्य २ लाख ७४ हजार रुपैयाँ तोकेको छ ।

आइहब प्रालिः आइहब प्रालिले सेजवे ब्रान्डको स्कुटर बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सेजवे ब्रान्डको स्कुटरको इ १०० को मूल्य २ लाख ९१ हजार रुपैयाँ, इ १२५ को ३ लाख ९१ हजार रुपैयाँ र इ ११० एलको ३ लाख ५० हजार रुपैयाँ मूल्य तोकेको छ ।

लक्ष्मी इ मोबिलिटी प्रालिः लक्ष्मी इ मोबिलिटी प्रालिले बेच्दै आएको फोटोन एचएक्सको ब्रान्डको स्कुटरको मूल्य २ लाख ६९ हजार ६ सय रुपैयाँ, ओप्टिमा एसबीको २ लाख ९ हजार ६ सय रुपैयाँ, ओप्टिमा डीबीको ३ लाख ९ हजार रुपैयाँ र एनवाईएक्स एचएक्सको मूल्य २ लाख ८४ हजार रुपैयाँ तोकेको छ ।

कुजु नेपाल प्रालिः नेपालको लागि यादिया ब्रान्डको आधिकारिक बिक्रेता कुजु नेपालले इभी शोमा विभिन्न प्रकारका स्कुटर प्रदर्शनमा राखेका छन् । कम्पनीले यादिया ब्रान्डको सी १ एस को मूल्य ३ लाख ७० हजार रुपैयाँ, जी ५ को ३ लाख ५० हजार रुपैयाँ र एस-लाइकको मूल्य २ लाख ५५ हजार रुपैयाँ तोकेको छ ।

सीजी मोटर्सः सीजी मोटर्सले ओला ब्रान्डको स्कुटर बिक्री गर्दै आएको छ । कम्पनीले प्रदर्शनीमा विभिन्न मोडलका स्कटुर प्रदर्शनमा राखेका छन् । ओलाले एस १ ब्रान्ड स्कुटरको मूल्य ३ लाखदेखि ३ लाख ५० हजार रुपैयाँसम्म तोकेको छ ।


क्लिकमान्डु