डिशहोमका सेवाहरु अब अनलाइबाट रिचार्ज गर्न सकिने



काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबर नेट, डीटीएच, र फाइबर नेट तथा डिटीएच कम्बोमा अनलाइन मार्फत रिचार्ज गर्न सकिने भएको छ ।
अब आईएमई पे, इ–सेवा, खल्ती, र प्रभु पे मार्फत अनलाइन रिचार्ज गर्न सकिने छ । रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिएको हो त्यसलाई राम्रो सँग बुझेर मात्र रिचार्ज गर्नु पर्ने हुन्छ ।
डिसहोम फाइबर नेट चलाएको हो भने इन्टरनेट सेग्मेन्टमा गएर डिसहोम फाइबर नेटमा क्लिक गरेर रिचार्ज गर्न सकिने छ ।

त्यस्तै फाइबर नेट डीटीएच कम्बो प्याकेज लिएको हो भने टिभी सेग्मेन्टमा गएर डिसहोम कम्बो प्याकेजमा क्लिक गरेर रिचार्ज गर्न सकिने छ ।


क्लिकमान्डु