गोल्डेन ओक कमेडी यात्रा साउन २० देखि



काठमाडौं । गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ ।

गोल्डेन ओकले विभिन्न शहरमा ‘गोल्डेन ओक कमेडी यात्रा’ शुरु गर्ने भएको छ । गोल्डेन ओकद्वारा आयोजित कमेडी यात्रामा कलाकारहरु जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति गर्नेछन् ।

गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा साउन २० गते, दमकमा साउन २१ गते, इटहरीमा साउन २२ गते, विराटनगरमा साउन २३ गते र धरानमा साउन २४ गते आयोजना हुने भएको छ ।


क्लिकमान्डु