डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण नेपाली बजारमा



काठमाडौं । डिएचआइ इलेक्ट्रोनिक्सले डिएचआइ ब्रान्ड लन्च गरी उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु बजारमा ल्याइएको छ ।

डिएचआइ ब्रान्डका घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरु अन्तर्गत टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रीजर लगयतका अन्य घरेलु उपकरण रहेका छन् ।

डिएचआइ इलेक्ट्रोनिक्सले डिएचआइ ब्रान्डका घरायसी उपकरणहरुले भान्सामा र घरमा ग्राहकहरुलाई सहजता गर्ने दाबी कम्पनीको रहेको छ ।

विशेष गरि महिलाहरुले आफ्नो रुची, करियर वा परिवारसँग बिताउनका लागि थप समय र उर्जा प्राप्त गर्ने जनाइएको छ ।

डिएचआइ का प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलका अनुसार डिएचआइ होम एप्लायन्स का नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरु बजारमा उपलब्ध छन् ।


क्लिकमान्डु