नगद मार्जिनको व्यवस्थालाई पुनरावलोकन गर्दै लैजाने



काठमाडौं । नेपाल राष्ट्र बैंकले केही वस्तुहरुको आयातको लागि प्रतितपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने विद्यमान व्यवस्थालाई क्रमिक रुपमा पुनरावलोकन गर्दै लैजाने भएको छ ।

राष्ट्र बैंकले आव २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नगद मार्जिन राख्नुपर्ने व्यवस्था पुनरावलोकन गर्दै लैजाने गर्भनर महाप्रसाद अधिकारीले बताए ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले वस्तु आयातका लागि ड्राफ्ट, टि.टि. जारी गर्दा वा प्रतित पत्र खोल्दा सम्बन्धित वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र प्रोफर्मा मूल्यबीच विश्लेषण गरेर मात्र जारी गर्ने/खोल्नु पर्ने व्यवस्था गरेको छ ।

वस्तु तथा सेवा आयात/निर्यातका विधि, यसमा प्रयोग हुने भुक्तानीका तरिका तथा देशगत रुपमा सामान चलान र कर्जा विश्लेषणसँग सम्बन्धित आधारभूत विषयमा बैंक तथा वित्तीय संस्थाहरुमा ट्रेड फाइनान्स तथा कर्जा प्रवाहसम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न कर्मचारीले नियमित रुपमा तालिम लिनुपर्ने व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।


क्लिकमान्डु