जोनी वाल्कर ब्रान्डको ह्विस्की बेच्ने ग्लोबल ट्रेडिङले गर्यो २ अर्बको व्यापार



काठमाडौं । जोनी वाल्कर ब्रान्डमा विभिन्न प्रकारका ह्विस्की बिक्री गर्दै आएको ग्लोबल ट्रेडिङले एक वर्षमा २ अर्ब रुपैयाँको व्यापार गरेको छ ।

नेपालका लागि आधिकारिक विक्रेता रहेको ग्लोबल ट्रेडिडङले सन् २०२१ मा १ अर्ब ९७ करोड ३० लाखको व्यापार गरेको हो ।

कम्पनीले सन् २०१९ मा १ अर्ब ७६ करोड ९० लाख रुपैयाँको र सन् २०१९ मा २ अर्ब १ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

जोनी वाल्कर ब्रान्ड अन्तर्गत रेडलेबल, ब्ल्याकलेबल, डबल ब्ल्याक लेभल, ग्रीन लेभल, ब्लु लेभल, ब्लु लेभल किङ जर्ज भी, गोल्ड लेबल रिजर्भ, कलेक्सन प्याक, स्वीङजस्ता ह्विस्की बिक्री हुँदै आएका छन् ।

साथै, सिंगलटन, बेलीलगायत अन्य विभिन्न प्रकारका मदिरा आयात गरी बिक्री गर्दै आएका छन् । जसमा कम्पनीले मुख्यतया ह्विस्की , भोड्का, रम, जीन, ब्रान्डी र टक्कील्लाजस्ता मदिराको व्यापार गर्दै आएको जनाएको छ ।

कम्पनीले विभिन्न प्रकारका मदिरा बजारमा बिक्री गर्दै आएपनि सबैभन्दा बढी प्रिमियम ह्विस्की जोनी वाल्कर र स्मिरनोफ ब्रान्डका भोड्काबाट उच्च आम्दानी गरेको छ । जोनी वाल्करको मूल्य उच्च रहेकाले उच्च मध्यम वर्ग र उच्च वर्गको ग्राहकले बढी उपभोग गर्ने गरेको कम्पनीले जनाएको छ ।

साथै, बजारमा मदिराको उच्च प्रतिस्पर्धा भएकाले कम्पनीले कम मूल्यका ह्विस्की र बियर पनि उत्पादन गर्दै आएका छन् ।

विशाल ग्रुपद्वारा सञ्चालित यस कम्पनीको कोभिडका कारण आम्दानी घटेको थियो । तर, कोरोना असर कम हुँदै गएपछि व्यापारले पनि गति लिएको कम्पनीको भनाइ छ ।

कम्पनीअनुसार सन् २०२१ मा ८.३९ प्रतिशतले नाफा कमाएको छ । त्यसैगरी, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब ४३ करोड १० लाख रुपैयाँको व्यापार गरिसकेको उल्लेख छ ।

नेपाल सरकारले विदेशी सञ्चिति घट्दै गएकाले मदिरासहित अन्य १० वटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्धले गर्दा व्यापारमा असर देखिने कम्पनीको भनाइ छ ।

अनिल कुमार अग्रवाल अध्यक्ष र आशीष कुमार अग्रवाल र विशाल अग्रवाल निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जा लागि १ अर्ब ४८ करोड १५ लाख रुपैयाँको रेटिङ गरेको छ ।


क्लिकमान्डु