गोल्डन ओक १२औं कृति अवार्डस् भदौ २६ मा हुने



काठमाडौं । नेपाल बिज्ञापन संघ (आन)ले गोल्डेन ओक १२ औं कृति अवार्डस् भदौ २६ गते आयोजना गर्ने भएको छ ।

यस बर्षको कार्यक्रमको टाईटल स्पोन्सर हिमालयन डिष्टीलरीको गोल्डेन ओक ब्राण्ड रहेको छ । राजधानीमा आयोजित समारोहमा संघका तर्फबाट अध्यक्ष सोम प्रसाद धिताल र कम्पनिका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेका छन् ।

आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोरोना महामारीका कारण दुई बर्ष हुन सकेको थिएन । कृति अबार्डस् बिज्ञापन क्षेत्र लगायत सम्र्पूण मिडिया र बिज्ञापनदाताहरुको सामुहिक उत्सवको रुपमा आयोजना गर्नेे गरिएको छ ।

कार्यक्रममा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका कार्यकारी निर्देशक जोशीले मुलुककै समग्र संञ्चार क्षेत्रको समसामयिक ब्यबसायिक परिस्थिती झल्काउने यस प्रतिष्ठित कार्यक्रममा आफ्नो समुहलाई सहभागि गराउन पाएकोमा खुशि व्यक्त गरे ।
यस्तै नेपाल बिज्ञापन संघका अध्यक्ष सोम प्रसाद धितालले भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजबीचमा सहकार्य रही रहने विश्वास व्यक्त गरे ।

संघका सदस्य एजेन्सीहरुले २०७९ साउन ५ गतेदेखि भदौ ४ गतेसम्म मनोनयन दर्ता गर्न सकिने छ । कृति अवार्डको १२औं संस्करण गोल्डेन ओक १२औं कृति अवार्डस्मा बिज्ञापन सिर्जनशिलता सम्बद्ध मेन स्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी बिभिन्न ३१ बिधामा पुरस्कृत गरिने छ ।


क्लिकमान्डु