चौधरीको भिभान्ता होटलको कारोबार ४८ प्रतिशतले घट्यो



काठमाडौं । आरएण्डआर होटल तथा रिसोर्ट प्रालिद्वारा सञ्चालित भिभान्ता काठमाडौंको कारोबार ४८.२२ प्रतिशतले घटेको छ । कम्पनीको कारोबार सन् २०२० को तुलनामा २०२१ मा ४८.२२ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् ९ करोड १२ लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा १७ करोड ६१ लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०१९ मा ८ करोड १४ लाख रुपैयाँ कारोबार गरेको थियो ।

चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी होल्डिङ प्रालि र एनई ग्रुपअन्तर्गत सिब्क्रिम ल्यान्ड एण्ड इन्डष्ट्रियल कम्पनी प्रालिको ७५:२५ को अनुपातमा शेयर रहेको भिभान्त ललितपुरमा रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ८१ करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि ७९ करोड ६६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँ रेटिङ गरेको छ ।


क्लिकमान्डु