महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर महाराजगञ्जमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ ।

एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको रुपमा हेरिएको कम्पनीले जनाएको छ । यसका साथै यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीइआई) मिशन अनुरुप रहेको जनाइएको छ ।

एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हर्षित भएको बताए ।

महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सकिने छ ।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

एनसेल सेन्टर संचालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विषेश अफर पनि रहेको छ । जस अन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । यस सेन्टरबाट गरिने प्रत्येक ५० को रिचार्ज बराबर ग्राहकले २० को रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् । यसको अर्थ १०० रिचार्ज गर्ने ग्राहकले २० को दुई वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् । त्यस्तै २०० रिचार्ज गर्ने ग्राहकले २० को चार वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त पाउँछन् भने ५०० रिचार्ज गर्ने ग्राहकले २० को १० वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्दछन् ।

क्लिकमान्डु