बेकोको इन्भटर एअर कन्डीसनर नेपाली बजारमा




काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको अत्याधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भटर एअर कन्डीसनर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

जाडो र गर्मी दुबै मौसममा उपयोगी हुने एअर कन्डीसनर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार सो एअर कन्डीसनर गो क्लिन, जोनफ्लो, गोल्ड गार्ड जस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरू रहेका छन् ।

गो क्लिन टेक्नोलोजीले एअर कन्डीसनरमा टासिएको धुलो र फोहोरहरु आँफै पखाल्ने कम्पनीको भनाइ छ । जसले गर्दा एअर कन्डीसनरमा ब्याक्टेरिया र ढुसी जम्न नदिने, गन्ध घटाउने र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्ने कम्पनीको दाबी छ ।

गोल्ड गार्ड फिचर्सले एअर कन्डीसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्त गर्छ । र यसको जोनफ्लो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्ने र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्ने विशेषता रहेको छ ।

गोल्ड गार्ड फिचर्सको रिमोटमा विशेष सेन्सर भएकाले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो एअर कन्डीसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ । जसमा १० वर्षको वारेन्टी रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् ।


क्लिकमान्डु