माइडियाको नयाँ स्वास्थ्य केन्द्रीत वाई-फाई वासिङ् मेसिन नेपालमा



काठमाडौं । माइडिया ब्राण्डको आधिकारिक वितरक चौधरी ग्रुपले ८ किलो र ९ केजी क्षमताका २ वटा वाई–फाई सिरिजका वासिङ्ख मेसिन सार्वजनिक गरेको छ ।

दुई वटा मोटलमा चन्द्रमाको महिमा र शुद्धताबाट प्रेरित भएर लुनार डायललाई मुख्य तत्व मानेर डिजाइन गरिएको छ । फरक, लुनर डायलले स्क्रिन डिस्प्ले र डायल प्रकार्यलाई एकीकृत गर्दछ ।

लुनार सिरिजमा माइडियाको इन्भर्टर काट्रो मोटर रहेको छ । जसले ७० प्रतिशतसम्म उर्जा बचत गर्नुका साथै अन्य मोटरको तुलनामा १०.४ प्रतिशत कम आवाज उत्पादन गर्दछ । यसलाई ग्राहकहरुका लागि शान्त र धेरै प्रभावकारी विकल्प बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार पानी स्तर, गति, तापमान र यतिमा सीधा एपमा पठाउन सकिन्छ । लुनार डायलले नब र स्क्रिन डिस्प्लेबाट कार्यहरु एकिकृत गर्दछ जसले तपाईंलाई थप प्रत्यक्ष लुगा धुने अनुभव प्रदान गर्दछ ।

हेल्थ गार्ड स्टिम केयर (जसले ९९.९९ प्रतिशत स्टेरिलाइजेशन र अझ बढी लुगा धुने कार्य सम्पादनको परिणामस्वरुप तातो स्टिम उत्पन्न गर्दछ) र अटो क्लिनमा ध्यान केन्द्रित गर्दै यो दुई कार्यहरु संयोजनले मेसिनलाई उच्च स्तरमा चलाउन मद्यत गर्दछ र लुगाहरु पनि सफा राख्न र कम इस्त्रि गर्न मद्यत गर्दछ ।

इन्भर्टर क्वाट्रो मोटरः इन्भर्टर क्वाट्रो प्रविधिले ६७ प्रतिशतसम्म उर्जा बचत गर्दछ । जसले मोटरको अधिक उर्जा बचत, शान्त साथै टिकाउ र स्थिरता पनि कायम गर्दछ ।

एड गार्मेण्टले ४० प्रतिशत समय बचतको साथ सामान्य धुलाईको तुलनामा छिटो र कडाइको साथ लुगा धुने गर्दछ । १५ मिनेट क्विक वासले बिशेष समय अनुरोधका साथ धेरै लुगा धुनको लागि प्रयोग गर्न सकिन्छ । सामान्य धुलाइको तुलनामा छिटो र कडाइको साथ धुनुका साथै ४० प्रतिशत समयको पनि बचत गर्दछ ।


क्लिकमान्डु