आइएमई जनरल इन्स्योरेन्स, काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच विशेष छुट सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स, काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी तथा काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकले काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगंज काठमाडौंमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुनेछ ।

इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।


क्लिकमान्डु