आइएमई पे एपबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा क्यासब्याक पाइने



काठमाडौं । ‘आइएमई पे’ को एपबाट नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ ।

आइएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफर अन्तर्गत असार १० देखि उक्त एपबाट कम्पनीको बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले उक्त मूल्यको ०.५ प्रतिशत (अधिकतम २ हजार ५०० रुपैयाँ सम्म) क्यासब्याक पाउने छन् । साथै हरेक दिन १ बिजेताले चन्द्रागिरी केबलकारको २ वटा टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ ।

हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफर मार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएका छन् ।


क्लिकमान्डु