ठमेलको एलओडी बन्यो विश्वकै ५२औं लोकप्रिय नाइट क्लब



काठमाडौं । ठमेलको लोर्ड अफ द ड्रिंक्स (एलओडी) विश्वकै ५२औं लोकप्रिय नाइट क्लब बनेको छ ।

औपचारिक रूपमा बेलायतको मासिक पत्रिका डीजे म्यागले सार्वजनिक गरेको लोकप्रिय १०० नाइट क्लबमध्ये ठमेलको एलओडीले ५२औं लोकप्रिय नाइट क्लब बन्न सफल भएको हो ।

डीजे म्यागले सो तथ्याङ्क सार्वजनिक गरेसँगै यो उपलब्धिले एलओडी क्लबलाई नेपालको नम्बर १ क्लबको रूपमा चिनाउन सफल भएको छ । विगत तीन वर्षको अवधिमै एलओडीले नेपालको क्लबिंग संस्कृतिलाई प्रवर्द्धन गरी, क्लब प्रेमीहरू, इडीएम प्रेमीहरूलाई उदाहरणीय क्लबिंग अनुभव प्रदान गर्दै आएको एलओडीले जनाएको छ ।

गुणस्तरीय सेवा सुविधाहरू साथै अद्यावधिक प्रविधि, जीवन्त वातावरण र गुणस्तरीय संगीतले आकर्षण गर्दै गएको एलओडी निरन्तर रूपमा क्लबिंग अनुभव रोमाञ्चक बनाउन अघि बढ्दै गएको एलओडीको भनाइ छ ।

अन्य क्लब र व्यवसायहरूका लागि देशलाई विश्वमा चिनाउने र विश्व पुँजीकरण गर्न सकिने सकारात्मक बाटो देखाएको एलओडीका सञ्चालक रबिन श्रेष्ठ बताउँछन् ।

उनकाअनुसार डीजे म्याग मासिक पत्रिकाले टप १०० क्लबहरुमा एलओडी ५२औं स्थानमा परेकाले नेपाली क्लब प्रेमीहरूलाई मनोरञ्जन गर्न थप प्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरूको परिचय गराउने प्रारम्भिक कदम रहेको छ ।

‘हामी विश्वास गर्छौं, जब क्लबिङ उद्योग आफै ठुलो र राम्रो हुन्छ तब हामी सबैलाई फाइदा हुन्छ । यो उपलब्धि एलओडीद्वारा हासिल भए पनि मनोरञ्जन उद्योगमा अन्य क्लबहरू र व्यवसायहरूको लागि सकारात्मक उपलब्धिको प्रतिनिधित्व गर्दछ,’ उनले भने, ‘हामीले विश्वमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्छौं । भविष्यमा थप लक्ष्यहरू हासिल गर्न तत्पर छौं ।’


क्लिकमान्डु