चलचित्र निर्मातालाई प्रोजेक्ट कर्जा दिन महासंघ अध्यक्ष गोल्छाको माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने माग गरेका छन् ।

मंगलबार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार,कानून र कर अधिकार विषययक कार्यक्रममा गोल्छाले ऋण सहज बनाउन माग गरेका हुन् ।

चलचित्र निर्माताहरुले घरजग्गा धितो राखी ऋण लिएर चलचित्र निर्माण गर्दा निर्माताहरुको निकै ठूलो क्षति भोग्नु गरेको बताए । अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघले प्रोजेक्ट कर्जा चलचित्र निर्माता ,साना र मझौला उद्योगका लागिसमेत माग गरेको बताए ।

उनले कोरोना महामारीको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको अवधिको विद्युत् महशुल पूर्णरुपमा छुट तथा पुनः कर्जा उपलब्ध गर्ने काजगजात प्रक्रियागत हुने झन्झटलाई सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरे ।

अध्यक्ष गोल्छाले नेपाल प्राकृतिक सुन्दरताले भरिएको भन्दै आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय सिनेमा छायाङ्कनका लागि समेत आकर्षणको केन्द्र बन्नसक्ने बताए ।

‘अहिले चलचित्र निर्माताहरुले घरजग्गा धितो राखेर ऋण लिनुपर्ने अवस्था छ । जसका कारण चलचित्र निर्माताहरुको निकै ठूलो क्षेति भोग्नुपरेको छ भने कतिपयको घरबार नै गएको स्थिति छ । चलचित्र निर्मातालाई प्रोजेक्ट लोन दिने सुविधा राज्यले गर्नुपर्छ । हामीले यस्तो खालको सुविधा अन्य साना र मझौला उद्योगहरुले पाउनुपर्छ भन्दै उठाउँदै आएका छौं,’ गोल्छाले भने ।

कोरोना महामारीको कारण भएको लकडान, बन्दाबन्दी र निषेधाज्ञाको अवधिभरकाे विद्युत् महशुल पूर्णरुपमा छुट हुनुपर्ने कर्जा उपलब्ध गर्ने कागजात प्रक्रियागत हुने झन्झटलाई सहज वातावरणको व्यवस्था हुनुपर्ने, विद्युत् महशुल मिनाहा हुनुपर्ने आवाज यो क्षेत्रका व्यवसायीहरुको छ ।

अध्यक्ष गोल्छाले सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुने बताए । उनले चलचित्रले हाम्रो सोचलाई प्रभावित र राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको विकास आवश्यक रहेको दाबी गरे ।


क्लिकमान्डु