बीमा तोकिएको रेटमा मात्रै गर्ने हो: अध्यक्ष सिलवाल



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा तोकिएको रेटको आधारमा मात्रै हुने बताएका छन् ।

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) ले आयोजना गरेको ‘सिम्पोसियम अन पावर अफ हाइड्रोपावरः ह्वाइट गोल्ड’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

अध्यक्ष सिलवालले आफुले भनेको दरमा बीमा गर्न नपाईने बताए ।

बीमा समितिले गत असोज ६ गते नन्ट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको थियो । समितिले बीमा निर्देशिका, २०७८ मा त्यसअघि कार्यान्वयनमा रहेको न्यूनतम प्रिमियमभन्दा बढी बनाएर ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको थियो ।

ननट्यारिफ बीमामा कम प्रिमियम लिएर अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि न्यूनतम प्रिमियम तोकिएको समितिले जनाउदैँ आएको छ । तर, उक्त प्रिमियम तोकेसँगै निर्माण व्यवसायी र उर्जा उत्पादन गर्ने व्यवसायीहरूले असहमति जनाउँदै आएका छन् ।

निर्माण व्यवसायी र इप्पानले विगतको दररेटभन्दा ५ देखि ८ गुणा वृद्धि गरेर बढी शुल्क तिर्न बाध्य बनाएको भन्दै विभिन्न चरणमा बीमा समितिसँग छलफल गर्दै आएका छन् ।

तर, पनि अझै पनि उक्त विवाद टुङ्गिएको छैन ।

‘मैले कहिले पनि भन्न सक्दिन कि मेरो घरको २ सय रूपैयाँको बीमा गरिदिन आग्रह गरे पनि मैले त्यो पाउँदिन,’ अध्यक्ष सिलवालले भने, ‘मैले भनेर मैले बीमा गर्न पाउँदिन । बीमा गर्ने भनेको त कम्पनीले अफर गरेको रेटको आधारमा हो ।’

उनले इप्पान र महासंघलाई दर रेट कति हुनुपर्ने हो र केका आधारमा दर रेट कायम गरिनुपर्ने हो त्यसको आधार सहित आउन आग्र गरे ।
उर्जा, जलश्रोत तथा उर्जा मन्त्री पम्फा भुसालले उनले लगानीकर्ताहरूले बीमालाई नाफा गर्ने उद्देश्यले भन्दा पनि सेवा गर्ने उद्देश्यले बुझ्नु पर्ने बताईन् ।

कुनै पनि दुर्घटना भए पछि सबैभन्दा पहिला पुग्ने भनेका सर्भेयर भएको बताउँदै उनले यस विषमा सर्भेयरहरू गम्भिर हुनुपर्ने बताए ।
‘सर्भेयरको रिपार्टमा बनेको प्रतिवेदनका आधारमानै बीमितले क्षतिको रकम पाउँछन्,’ अध्यक्ष सिलवालले भने ।


क्लिकमान्डु