सूर्या लाइफ र ज्योति लाइफबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ ।

सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले मर्जरमा जाने सम्झौतापत्रमा आज हस्ताक्षर भएको बताए ।
हाटल याक एण्ड यतिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुने उनले बताए ।

‘मर्जरमा जाने सम्झौतापत्रमा मात्रै हस्ताक्षर भएको हो,’ खड्काले क्लिकमाण्डूसँग भने,‘स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुने छ।’
बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पुँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्नेछ ।

हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड रूपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रूपैयाँ रहेको छ ।


क्लिकमान्डु