बीमा समितिले दियो हिमालयन र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति



काठमाडौं । बीमा समितिले हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यी कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको बताए । उनका अनुसार अब यी दुवै कम्पनीले एक महिनाभित्रै अन्य सबै प्रक्रिया पूरा गर्नुपर्ने छ ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले वैशाख २२ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स स्वाप रेसियो १०० बराबर ८५ मा गाभिन लागेका हुन् ।

मर्जर पश्चात बन्ने ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुने छ ।

एक आपसमा गाभिए पछि कम्पनीको केन्दि«य कार्यालय बबरमहल, काठमाडौंमा रहने छ ।

हिमालयन जनरलको १ अर्ब १७ करोड ३५ लाख रूपैयाँ चुक्ता पुँजी छ । एभरेष्ट इन्स्योरेन्सको १ अर्ब १८ करोड रूपैयाँ छ ।


क्लिकमान्डु