लुम्बिनी जनरलले बोलायो साधारणसभा, लाभांश र मर्जरको प्रस्ताव पारित गर्ने



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले असार २९ गते बिहान ११ बजे अमृतभोग क्याटरिङ्ग कालिकास्थानमा १७ औं वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीले साधारणसभाबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगदसहित १० प्रतिशत लाभांश पारित गर्नेछ ।

सभाले अन्य कुनै कम्पनीलाई प्राप्ति गर्न वा एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरणर अनुसूचिहरू पारित गर्ने छ ।

सभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व हुनेगरी ४ जना सञ्चालकको निर्वाचन गर्ने तयारी गरेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले असार १५ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय छ । जसअनुसार असार १४ गते सम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।


क्लिकमान्डु