‘आइएमई पे’बाट उडान टिकट काट्दा ३ सय बोनस पाइने



काठमाडौं । ‘आइएमई पे’ले हवाई उडान टिकटमा नयाँ अफर ल्याएको छ ।

‘उच्च तापक्रममा उच्चत्तम छुट’ नामक ‘फ्ल्यास सेल’ अफर मार्फत यात्रुहरुले मंगलबार र शनिबारको दिउँसोे ३ बजे देखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकको साथै थप ३ सय रुपैयाँ बोनस प्राप्त गर्न सक्नेछन् ।

आइएमई पे एपले यस अफर अवधि भरि हप्ताको २ दिन ( मंगलवार र शनिवार ) केवल १ घण्टाको लागि सो अफर मार्फत ३ सय बोनस यात्रुहरुलाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।

असार ७ गतेदेखि सुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा उक्त बोनस प्राप्त गर्न सकिनेछ ।


क्लिकमान्डु