प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारणसभा असार २३ गते, पुँजी वृद्धि र मर्जरको प्रस्ताव पारित गर्ने



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले असार २३ गते विशेष साधारणसभा बोलाएको छ । असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभा आम्रपाली बैंङक्वेट, भाटभटेनी, काठमाडौंमा दिउँसो ११ः४५ बजे शुरू हुनेछ ।

उक्त सभाले पुँजी वृद्धि र मर्जरसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

नियामकले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, पुँजी वृद्धि एंव अन्य व्यवस्थाहरू समेत समावेश गरी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव अनुमोदन हुनेछ ।

अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्जीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने लगायत मर्जर सम्बन्धी अन्य कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव छन् ।

विशेष साधारण प्रयोजनका लागि कम्पनीले १६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असार १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।


क्लिकमान्डु