सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँ कायम भएको छ ।