गोदरेजका मेडिकल रेफ्रिजेरेटर नेपाली बजारमा सार्वजनिक



काठमाडौं । रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले नेपाली बजारमा मेडिकल रेफ्रिजेरेटरहरु सार्वजनिक गरेको छ ।

मेडिकल रेफ्रिजेरेटर सेग्मेन्टमा गोदरेजले नेपाली बजारको मागलाई सम्बोधन गरी गुणस्तर र प्रविधिलाई ध्यानमा राखी भ्याक्सिन रेफ्रिजेरेटर, ब्लड रेफ्रिजेरेटर, ल्याब रेफ्रिजेरेटर र फ्रीजरहरु उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार गोदरेजका भ्याक्सिन रेफ्रिजेरेटरहरु स्योरचिल प्रविधिमा आधारित छन् । रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ८ डिग्रीमा स्थिर राख्छ । डब्लुएचओ पिक्युएस प्री क्वालिफाइड यी रेफ्रिजेरेटरहरुको होल्डओभर टाईम ३ देखी ४ दिन सम्मका छन् भने ४७ देखी २७६ लिटर सम्मको क्षमतामा उपलब्ध छन् ।

यी रेफ्रिजेरेटरहरु फ्रीज प्रोटेक्सनमा डब्लुएचओबाट ए ग्रेडमा मूल्याङ्कन गरिएको छ । रेफ्रिजेरेटरहरु सिएफसि एचएफसि र एचसिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथै खिया प्रतिरोधी रहेका छन् । यी रेफ्रिजेरेटरहरुको ढोका अगाडि बाट खुल्छ जसले स्टक व्यवस्थापनको लागि पनि सजिलो बनाउछ। यी रेफ्रिजेरेटरहरुमा २ बर्षको वारेन्टी रहेको छ।

ब्लड ब्याग, आरबीसी, ब्लड श्यामपल आदी राख्न योग्य गोदरेजका ब्लड रेफ्रिजेरेटरहरु हर्मिटिकल्ली सिल्ड कूलिङ टेक्नोलोजीमा आधारित छन् । रेफ्रिजेरेटरको तापक्रमलाई २ डिग्री देखी ६ डिग्रीमा स्थिर राख्ने कम्पनीले जनाएको छ । आइएसओ र सिइ सर्टिफाइद यी रेफ्रिजेरेटरहरु १०० प्रतिशत सिएफसि मुक्त भएकाले पूर्णतया वातावरण मैत्रीका हुनुका साथसाथै खिया प्रतिरोधी रहेको उल्लेख छ ।


क्लिकमान्डु