सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो




काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएकोमा सोमबार ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु