इसेवाको ‘५५ मिनेटको धमाका अफर’, बैंक एकाउन्ट लिंक गरेर कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक



C

काठमाडौं । इसेवाले ‘५५ मिनेटको धमाका अफर’ सार्बजनिक गरेको छ ।

यो अफर अन्तरगत असार ५ गते आइतबार बैंक एकाण्न्टल लिंक गरि कारोबार गर्दा ५५ क्यासब्याक पाइनेछ । आइतबार साँझ ५ ५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंक मार्फत कारोबार गर्दा ५५ क्यासब्याक पाइनेछ ।

इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको हो । यो योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरि कारोबार गर्नुपर्नेछ भने एकाउण्ट भेरिफाइ भएको हुनुपर्नेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।


क्लिकमान्डु