अन्तर्राष्ट्रिय गुणस्तरको छबि बनाउँदै सिजी बाण्ड



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सि.जी. ब्राण्ड छुट्टै पहिचान कायम गरेको छ ।

सिजीले आफ्ना सामाहरु बजारमा बिक्री वितरण गर्न सुरु गरेपछि सि.जी.ले आफ्ना सामानहरुमा अझै बढि रेन्जहरु थप्दै गएको जनाएको छ ।

होम इन्टरटेन्मेन्ट, होम अप्लाईनसेस, ए.सी., साना घरायसी सामानहरु, सि.एफ.एल. बल्भ, एल.ई.डि. टि.भी., एल.ई.डि. लाईटस्, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरु रहेका छन् ।

छोटो समयमा नै सि.जी.ले धेरै भन्दा धेरै सामानहरु आफ्नो ब्राण्डमा ल्याई फलस्वरुप नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बनेको छ ।

हाल सिजीमा ५०० वटा भन्दा बढी लाईनअपमा सामानहरु उपलब्ध छन् । यी सामानहरु विक्री वितरण गर्न सिजीले आफ्नो डिलर नेटवर्क विस्तार गरेको छ ।

नेपालभरी ५०० भन्दा बढी डिलरहरु सक्रियताका साथ सिजीसँग अबद्ध छन् । करिब २०० भन्दा बढी सर्भिस सेन्टरहरु रहेको हुनाले ग्राहक महानुभावहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । सिजीले हालसम्म आफ्नै नेपालभर १३ ओटा डिजिटल सोरुमहरु पनि खोलिएको छ ।


क्लिकमान्डु