समता शैक्षिक गुठीलाई हिमालयन डिष्टिलरीको २५ लाख सहयोग



हिमालयन डिष्टिलरीले समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डिष्टिलरीले सो सहयोग गरेको हो । डिष्टिलरीकाका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले गुठीका संस्थापक उत्तम कुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई सो रकम हस्तान्तरण गरे ।

कम्पनीले आव २०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई उक्त रकम सहयोग गरेको जनाएको छ ।

समता शैक्षिक गुठीद्वारा अधिराज्यभर ८४ वटा विद्यालयहरु संचालन गरेको छ । जसमा कक्षा १ देखि स्नातकोत्तर सम्मका शैक्षिक कार्यक्रमहरु संचालित छन् र करिव ७० हजार विद्यार्थीहरु लाभान्वित भएको दावी उक्त गुठीको रहेको छ ।

यो गुठीले प्रति विद्यार्थी प्रति महिना एक सय रुपैयाँ मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरुलाई अध्यापन गराईरहेको जानकारी गराएको छ ।


क्लिकमान्डु