एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात



नेपालगन्ज । चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।

एचसीआरसी अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई-अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको शुरूवात भएको हो । यो सँगै अबदेखि स्टारमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाईल एप्लिकेशनमार्फत् अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ ।

अनलाइन अपोइन्टमेन्ट प्लेटफर्मको साथ दर्ता र डाक्टरसँग भेट्न सजिलो बनाइएको छ । इसेवा मोबाइल वालेट एप भित्रबाटै डाक्टरको अपोइन्टमेन्ट मिति बुक गर्न र डिजिटलरुपमा तत्काल भुक्तानी गर्न सजिलो छ ।

अपोइन्टमेन्ट प्रणालीले कर्मचारी र बिरामीहरुको लागी समयको राम्रो संगठन, नियमित बिरामीहरुको राम्रो फलोअप, कम लाइन र कम पर्खाइको समय हुनेछ जसले अस्पतालमा र स्वास्थ्य संस्थाहरुमा हालको कोभिड १९ को महामारीबाट उत्पन्न हुने जोखिमहरुलाई पनि कम गर्दछ ।कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्णरुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई-अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।


क्लिकमान्डु