असार १ गतेदेखि लागू हुने गरी आइतबार विदा दिने निर्णय फिर्ता



काठमाडौं । सरकारले आइतबार विदा दिने निर्णय फिर्ता लिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आइतबार विदा दिने निर्णय फिर्ता लिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी परीक्षणका रुपमा शनिबारका साथै आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । इन्धनको खपत कम गर्न भन्दै सरकारले सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सरकारले असार १ गतेदेखि लागू हुने गरे आइतबार विदा दिने निर्णय फिर्ता लिएको हो ।


क्लिकमान्डु