२ प्रतिशतले डिजिटल सर्भिस ट्याक्स लाग्ने



काठमाडौं । आगामी आर्थिक वर्षमा २ प्रतिशतले डिजिटल सर्भिस ट्याक्स लाग्ने भएको छ ।

आन्तरिक राजस्व विभागले जारी गरेको सूचना अनुसार आगामी आर्थिक वर्षमा गैर वासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको कारोबारको मूल्यमा २ प्रतिशतले डिजिटल सर्भिस ट्याक्स लाग्ने उल्लेख गरेको छ ।

यस्तो कर २० लाखभन्दा तलको कारोबारमा लाग्ने छैन ।


क्लिकमान्डु