सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो




काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार ६ सय रुपैयाँले घटेर ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएकोमा आइतबार ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएकोमा आइतबार १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु