आइएमई ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक



काठमाडौ । आइएमईले स्थापनाको २२ औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देश विदेशमा रहका सेवाग्राहीलाई लक्षित गरी सेवाग्राहीमूखी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ ।

यस योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभर रहेका एजेन्ट-सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना ल्याइएको छ ।

२० जना विजेताले स्मार्ट वाच र बम्परमा १ भाग्यशाली विजेताले सामसङ एस २२ मोबाइल प्राप्त गर्न सक्नेछन् । यो योजनामा सहभागी भएका सेवाग्राही मध्ये २१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ ।


क्लिकमान्डु