वार्षिक १० करोड विजुली खपत गर्ने उद्योगले विजुलीमा छुट पाउने, सिमेन्ट उद्योगलाई सहुलियत



काठमाडौं । सरकारले वार्षिक १० करोड रुपैयाँभन्दा बढीको विजुली खपत गर्ने उद्योगलाई छुट दिने भएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेको बजेटमा मासिक १० करोडभन्दा बढीको विजुली खपत गर्ने निर्यात मुलक उद्योगलाई विजुलीमा छुट दिने भनिएको छ ।

अर्थसचिव मधु मरासिनीलो टाइप मिस्टेक भएर मासिक १० करोड रुपैयाँ उल्लेख भएको र सरकारले संसोधन गरेर वार्षिक १० करोडभन्दा बढीको विजुली खपत गर्ने उद्योगलाई छुट दिने जानकारी दिए । सरकारले वार्षिक १० करोडभन्दा बढी विजुली खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सिमेन्ट उद्योगलाई टार्गेट गरेर निकासी गर्नको लागि विजुलीमा छुट दिइएको जानकारी दिए । सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान समेत दिने घोषणा गरेको छ ।


क्लिकमान्डु