५ अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीले आइपीओ निष्काशन गर्नुपर्ने



काठमाडौं । सरकारले १ अर्ब वा सो भन्दा बढी पुँजी भएका र ५ अर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनी, राज्यबाट कर छुट पाउने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने व्यवस्था गरिने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तै व्यवस्था गरेको जानकारी गराएका छन् । पुँजी बजारको विस्तार र विविधिकरण गरी जोखिम न्यूनिकरण गरी लगानीकर्ताको हक हित संरक्षण गरिने बजेटमा उल्लेख छ ।

धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीलाई लगानी गर्ने व्यवस्था मिलाईने भएको छ । वस्तुविनियम बजार र यसका पुर्वाधार विकास गरिने भएको छ । सरकारी ऋणपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गरिने भएको छ । बजेटमा प्राइभेड इक्विटी तथा भेन्चरलाई अनुमति दिएर सहजिकरण गरिने भएको छ ।


क्लिकमान्डु