सरकारले बढाएन वृद्धभत्ता, अब ६८ वर्षमै पाइने



काठमाडौं । वृद्धभत्ता पाउने उमेर घटेको छ । यसअघि ७० वर्ष पुगेपछि मात्रै पाइने वृद्धभत्ता अब ६८ वर्षको उमेरमै पाइनेछ ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धभत्ता पाउने उमेर घटाइएको जानकारी दिए । हाल विभिन्न ८ शीर्षकमा सरकारले वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ ।

हालको व्यवस्था अनुसार बृद्धभत्ता पाउनेहरुको संख्या ३४ लाख ५० हजार ८०९ जना पुगेको छ । यस्तो संख्या अघिल्लो वर्ष २८ लाख थिए ।

सरकारले समाजिक सुरक्षा भत्ता नलिने व्यक्तिलाई सम्मान गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि ६८ वर्षका व्यक्तिलाई बृद्धभत्ता दिने घोषणा गरेका अर्थमन्त्री जनार्दन शर्माले भत्ता नलिने स्वघोषणा गर्ने व्यक्तिलाई सम्मान गरिने घोषणा गरेका हुन् ।


क्लिकमान्डु