यी १७ शहरमा व्यक्तिले घरजग्गा बेच्न नपाउने, बजेटमार्फत् सरकारले गर्यो कडाइ



nlntk’/sf] rfkfufFpl:yt 6fxfv]n z]/f kmfF6 .

काठमाडौँ । सरकारले घरजग्गाको एकिकृत मुल्यांकन प्रणाली विकास गर्ने घोषणा गरेको छ । घरजग्गा करोबार गर्दा अर्बौ पूँजीगत लाभकर छलि हुने भएको भन्दै प्रश्न उठ्दै आएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले यो वर्षभित्र जग्गाको नापजाँच गरि भूमिहिनलाई जग्गाधनी पुर्जा दिने घोषणा गरेका छन् ।

यस्तै, आधिकारी निकायबाट मात्रै घर जग्गा कारोबार गर्न पाउने व्यवस्था कार्यान्वय गर्ने अर्थमन्त्री शर्माले घोषणा गरेका छन् ।

अब यो व्यवस्था कार्यान्वयन भएपछि काठमाडौँ महानगर लगायतका सबै महानगर र उपमहानगरपालिकाभित्र व्यक्तिले घरजग्गा बेच्न रोक लगाउने घोषणा गरिएको हो । सरकारको यो घोषणासँगै १७ ठूला शहरका व्यक्तीले घरजग्गा कारोबारबार गर्न पाउने छैनन् । पछि सबै पालिकामा यस्तो व्यवस्था गरिने अर्थमन्त्रीले जानकारी दिए ।


क्लिकमान्डु