बजेटले जलविद्युत क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर इन्धन आयात कम गर्नुपर्छः सांसद दाहाल



काठमाडौं । सांसद कृष्णप्रसाद दाहालले जलविद्युतमा पहिलो प्राथमिकता दिएर बजेट बनाउन सुझाव दिएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।

अहिले खरिद गरिएको पेट्रोल, डिजेललाई विद्युतमा रुपान्तरण गर्ने गरी बजेट ल्याउन सुझाव दिए । सबै क्षेत्रलाई इन्धनमा कन्भर्ट गर्ने हो भने ३ हजार १२ मेगावाट थप इन्धन चाहिने उनको भनाइ छ ।

‘अहिले सरकारले विद्युत निर्यात गर्ने भनेको छ । नेपालमा नै प्रयाप्त विद्युत छैन’ उनले भने ‘नेपालमा माग पुरा गर्न ठूला–ठूला परियोजना चाहिएको छ ।’

विद्युत खपत बढाउने हो भने दाउराको प्रयोगलाई कम गर्न सकिने उनको भनाइ छ । यसले जंगल जोगाउन पनि सहयोग गर्ने दाहालले बताए । ‘यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्यो’ उनले भने, ‘सरकारले आगामी आवको बजेट ठूला परियोजनामा हात हाल्नुपर्यो । त्यो भयो भने तल्ला तहको गुनासो पनि कम हुन्छ ।’

विद्युत खपत बढाउने र इ्रन्धन आयात रोक्ने हो भने १ सय ५० अर्ब रुपैयाँ ब्यापारघाटा कम गर्ने दाबी गरे । फलाम, सिसा प्रसोधन गर्ने हो भने हजारौ मेगावाट विद्युत चाहिने बताए । जलविद्युतमा पहिलो प्राथमिकता दिन सुझाव दिए ।

उनले राष्ट्रिय गौरवका आयोजनाको प्रगति नभएको बताए । सांसद नेताहरुले साना साना योजना बोकेर हिँडदा समस्या भएको बताए । दाहालले अब साना साना योजना तल्ला तहमा नै दिन सुझाव दिए ।

अहिले भन्सार राजस्वमा बढी केन्द्रित भएको र उद्योगको प्रबर्धन गर्ने दिशामा नेपाल नगएको दाबी गरे । उद्योगले आधारभूत संरक्षण चाहिएको भन्दै सम्पूर्ण कच्चा पदार्थमा छुट दिन आग्रह गरे । सरकारलाई उद्योग प्रबर्धन गर्ने नीति लिन सुझाव दिए ।


क्लिकमान्डु