वित्तीय प्रणाली सिमित व्यक्तिको हातमा जान लाग्यो : सांसद रावल



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद भीम रावलले देशको वित्तीय प्रणाली सिमित व्यक्तिको हातमा जान लागेपनि सरकारले वास्ता नगरेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विद्येयकको सिद्दान्त र प्राथमिकताका विषयमा भइरहेके छलफल उनले यस्तो बताएका हुन् ।

केही घरानाहरुले बैंकमा नेपाली जनताको संचित गरेको पुँजीलाई उत्पादनशिल क्षेत्रमा सदुपयोग नगरी दुरुपयोग गरेको तर्फ सरकारलाई ध्यान दिन सुझाव दिए ।

छलफलमा उनले वैदेशिक रोजगारीमा जानेलाई सरकारले नचिनेको र यस विषयमा चासो नदिएको भन्दै चिन्ता व्यक्त गरे ।
‘अर्थतन्त्रमा विप्रेषणको करिब २३ प्रतिशत अर्थात ९६१ अर्ब रुपैयाँ हिस्सा भएको वैदेशिक रोजगारी बारे आगामी बजेको नीति तथा सिद्धान्तमा कुनै कुरा उल्लेख छैन’ उनले भने ‘यो उदेक लाग्दो विषय हो । यसबाट सरकार निकै गैर जिम्मेवार रहेको देखियो ।

श्रम शक्तिलाई स्देशमा नै रोजगारी दिन, वैदेशिक रोजगारी न्यून गर्न सरकार तयार रहेको छ त’? भन्दै प्रश्न गरेका छन् ।
सरकारले जलस्रोतको राष्ट्रिय हितमा प्रयोग गर्नुपर्ने र त्यसका लागि बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयमा कुरा गर्नुको सट्टा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको छेउमा बसेर उँघेर बसेको उल्लेख गरेका छन् । मोदी भ्रमणमा आएको समयमा उक्त कुरा गर्नुपर्ने उनको तर्क छ । यसमा सरकार चुकेको उनको तर्क छ ।

एमसीसीको विषयमा सरकारले अमेरिका सरकारलाई पठाएको पत्र जानकारीमा नआएको भन्दै त्यो पत्र सार्वजनिक गर्न आग्रह गरे ।

सरकारले आवश्यक नभएको सुपारी, मरिच, छोकडा आयात गर्न अनुमति दिएको, मोबाइल र मोटरसाइकलको आयातमा मूल्यका सिमा माथी राखेर नियन्त्रण गर्ने नाटक सरकारले गरेको आरोप लगाए । आयात नियन्त्रण गर्ने भनिएका १० वस्तुलाई अन्य समूहमा राखेर भित्र्याएको उनको आरोप छ ।

सरकारको यस्तो नीतिले विदेशी मुद्रा संचिती बढाउन नसक्ने, देश आर्थिक संकटबाट बच्न नसक्ने दाबी गरे । देशको कुल ऋण १७३४ अर्ब र विदेशी ऋण ९२८ अर्ब रुपैयाँ पुगेको जानकारी गराए । राज्यले बार्षिक ४ अर्ब ५० करोड ब्याज तिर्ने गरेको भन्दै यस्तो अवस्थामा सरकारले गम्भिर नहुने हो भने देश खतरामा जाने दाबी गरे । नेपालीको टाउकोमा ६० हजार ऋण रहेको भन्दै यस्तो डरलाग्दो अवस्थाबाट उम्कने नीति सरकारसँग नरहेको दाबी गरे ।


क्लिकमान्डु