बजेट छलफलमा मन्त्री नै अनुपस्थित, संसद भवनमा अर्थमन्त्रीको खोजी



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्मा उपस्थित नभएपछि सांसदहरुले मन्त्रीको खोजी गरेका छन् ।

बिहीबार विनियोजन विद्येयकको सिद्दान्त र प्राथमिकताका विषयमा छलफल भइरहँदा मन्त्री उपस्थित नभएपछि सांसदहरुले उनको खोजी गरेका हुन् ।

आगामी आवको बजेटका विषयमा छलफल भइरहँदा मन्त्री शर्मा उपस्थित नभएको भन्दै सांसदहरुले मन्त्रीको खोजी गरेका हुन् । बैठकमा मन्त्री नभएको, अन्य मन्त्रीहरुले पनि सांसदहरुको सुझावमा चासो नदिएको भन्दै मन्त्रीको खोजि भएको हो ।

सांसद विशाल भट्टराईले विनियोजन विद्येयकको सिद्दान्द र प्राथमिकतामा छलफल गरिरहँदा मन्त्री उपस्थित नभएको भन्दै तत्काल बोलाउन आग्रह गरे । ‘बैठकमा मन्त्री पनि हुनुहुन्न, यसो मन्त्रीहरुको हाउभाउ हेरौन त भन्दा पनि कुनै मन्त्रीहरुले डायरी पाल्टाएर टिपोट गरेको पनि देखिएन’ उनले भने ‘कि अन्यत्र कतै बसेर अर्थमन्त्री टिपोट गरेर बस्नु भएको छ ? संसदको रेकर्ड मन्त्रालयमा वा निवासमा जान्छ भनेत म भन्न सक्दिन, हैन भने मन्त्री नभइ के आधारमा छलफल गर्ने ? के आधारमा सुझाव दिने ? के आधारमा जवाफ दिनुहुन्छ ?’

लगत्तै सभामुख अग्नी सापकोटाले मन्त्रीलाई बैठकमा उपस्थित हुन निर्देशन दिए । साथै मन्त्री नआएसम्मको लागि उठेका विषय रिपोट गर्न समेत निर्देशन दिए ।


क्लिकमान्डु