चोभार सुक्खा बन्दरगाहको प्रधानमन्त्रीद्वारा उद्घाटन , ४ वटा कन्टेनर भित्रियो



काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गरे ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले गत साउनमै भौतिक कार्य सम्पन्न गरेको चोभार सुक्खा बन्दरगाहको मंगलबारदेखि सञ्चालनमा आएको हो ।

यातायात विकास समितिले वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर प्रधानमन्त्रीले उद्घाटन गरी ४ वटा कन्टेनर बन्दरगाहमा प्रवेश गराएका थिए ।

सरकारले व्यापार सहजीकरणा गर्ने उदेश्यले निर्माण गरिएको चोभार सुक्खा बन्दारगाहबाट अबदेखि काठमाडौंमै आयात तथा निर्यातको काम सहजै हुनेछ । साथै, आगामी देखि आयातकर्ता तथा निर्यातकर्तालाई सहज हुनेछ ।


क्लिकमान्डु