अर्थ मन्त्रालयले बजेटका लागि माग्यो सरोकारवालासँग सुझाव



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।

मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङन महाशाखाले सरोकारवाला निकायसँग सुझाव माग गरेको हो । महाशाखाले बजेट तथा कार्यक्रमलाई बढी जनमुखी र प्रतिफलमुखी बनाई जनअपेक्षा सम्बोधन गर्न सबै सरोकारवालासँग छलफल तथा परामर्श एंव सुझाव संकmन सुरु गरेको जनाएको छ ।

मन्त्रालयले बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजीवि, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आम नागरिक एंव सरोकार राख्ने सबैलाई सुझाव चैत मसान्त भित्र पठाउन भनेको छ ।


क्लिकमान्डु