नेपालमा उद्योग स्थापना गर्न विदेशी लगानी आवश्यकः राजदूत डा. शर्मा



काठमाडौं । भारतका लागी नवनियुक्त नेपाली राजदूत डा. शंकर शर्माले नेपालमा उद्योगहरु स्थापना गर्न तथा त्यसको लागि विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताए ।

नवनियुक्त राजदूत शर्मालाई नेपाल–भारत उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रको विकासको लागि संघले दिएको सुझाव कार्यान्वयनमा दूतावासले ध्यान दिने जानकारी गराए । राजदूत शर्माले संघले प्रस्ताव गरेका आयोजना गर्ने योजना बनाएका कार्यक्रमहरुः नेपाल भारत साझेदारी सम्मेलन, काठमाडौ–कोलकता फोरम, यूवा स्टार्टअपहरुलाई प्रोत्साहन गर्ने कार्यमा जोड दिने बताए ।

नेपालका जलबिद्युत परियोजना तथा उर्जा ब्यापारको क्षेत्रमा भारतका प्रमुख आर्थिक क्षेत्रहरुमा रहेका उद्योगी ब्यवसायीहरुसग सम्बन्ध राख्ने लगायत कार्यहरु अघि बढाएर नेपालमा लगानी प्रबद्र्धनको लागी काम गर्ने बताए । यसको लागि नेपाल–भारत उद्योग वाणिज्य संघसंग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघकी अध्यक्ष सृजना राणाले औद्योगिक लगानी बृद्धि गर्न भारतका लागी नेपाली राजदूत एवं भारत स्थित नेपाली राजदूतावासको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

नेपालले भारतसंगको ब्यापार घाटा कम गर्न नेपालले आफ्नो उत्पादन क्षमतामा बृद्धि गर्नुका साथै निकासी अभिबृद्धिमा ध्यान पुर्याउनु अति आवश्यक रहेको बताइन । उनले नेपालमा बिद्यमान औद्योगिक बिकासलाई अझ तिब्रता दिनको लागी तथा भारतीय लगानीकर्ताहरुलाई नेपालमा भारतीय लगानी भित्र्याउन अनुरोध गरिन ।

अध्यक्ष राणाले नेपाल–भारत उद्योग वाणिज्य संघले नेपालमा भारतीय धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल–भारत धार्मिक सर्किटको बिकास गर्ने उद्देश्यले कफीटेबल बुक तथा वेबसाईट निर्माणको क्रम अन्तिम चरणमा रहेको जानकारी गराउंदै उक्त कार्यमा नेपाली राजदूतावासको पनि सकृय सहयोग र सहभागिताको लागी अनुरोध गरिन् ।

कार्यक्रममा संघका महासचिव आरबि रौनियारले भारतमा रहेका अन्य रेलसेवा कम्पनीहरुबाट पनि सेवा सुचारु गरिनुपर्ने, नेपाली आयातकर्ताह्ररुले सामान आयात गर्दा ट्रान्सशीपमेण्ट तथा सडकमार्ग भएर आउने सामानहरुको भन्सार बिन्दूमा पेश गर्नुपर्ने कागजातहरुमा एकरुपता गरिनुपर्ने सुझाव दिए ।

उनले नेपाल–भारत भन्सार बिन्दूहरुको पूर्वाधारको विकास विशेष गरी काकडभिता–पानीटंकी क्षेत्रको भारतीय क्षेत्र पानीटंकीको पूर्वाधार सुधार लगायतका बिषयहरुमा आवश्यक पहल गर्नमा पनि नवनियुक्त राजदूतको भूमिका एवं कृयाशिलता महत्वपूर्ण रहने स्मरण गराए ।

संघका कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधानले पनि नेपालमा लगानीको लागी ठूलो सम्भावना जलविद्युत नै भएको र दुबै देशका लगानीकर्ताहरुको रुची पनि पानीमै भएको कारणले ठूला लगानीकर्ताहरुलाई आकर्षित गर्न सकिने बताए । यसको लागी भारतमा रहेका ठूला लगानीकर्ताहरु ४–५ वटालाई बुझाउन सकिएको खण्डमा पनि नेपालको जलविद्युतको क्षेत्रको लागी ठूलो उपलब्धि हुन सक्ने हुंदा यसमा ध्यान दिन अनुरोध गरे ।

कार्यक्रममा संघका उपाध्यक्ष सुनिल केसीले नेपालमा आउन चाहने साना तथा ठूला सबै किसीमका भारतीय लगानीकर्ताहरुका लागी दूतावासले सहजीकरण गर्न सकिने र सो को लागी नवनियुक्त राजदूत शर्माको भूमिका तथा बिशेषज्ञता प्रभावकारी हुने बिश्वास ब्यक्त गरे ।

उपाध्यक्ष केसीले भारतबाट बिशेष गरी सूचना प्रबिधिका क्षेत्रमा र साना तथा मझौला उद्योगको क्षेत्रमा लगानी भिœयाउन सकिएको खण्डमा पनि भारतबाट नेपालमा आउने लगानीको क्षेत्रमा सुधार हुन सक्ने धारणा ब्यक्त गर्दै सोको लागी पहल गरीदिन अनुरोध गरे ।

उपाध्यक्ष केसीले नेपाल–भारत उद्योग वाणिज्य संघ नेपालमा सन् ९० को दशकमा जसरी डाबर, लिभर, सूर्य नेपाल जस्ता कम्पनीहरु नेपाल आएको थियो त्यो कालखण्ड जस्तो लगानी मैत्री कालखण्डको पूनराबृति गर्न प्रयास गरी रहेको बताउंदै संघले आगामी दिनमा अनुकुल समयमा नेपाल–भारत साझेदारी सम्मेलन, काठमाडौ–कोलकता फोरम, नेपाल–भारत ईन्टरप्रेनरशीप प्रोमोशन सेन्टरको स्थापना लगायतका कार्ययोजना रहेकोमा उक्त कार्यमा नवनियुक्त राजदूतको भूमिका एवं कृयाशिलता महत्वपूर्ण रहने भएकोले त्यसमा सहयोग र सहभागिताको लागी अनुरोध गरे ।

नेपालको जलबिद्युत क्षेत्रमा प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) मोडलमा लगानी प्रबद्र्धन गर्न तथा नेपालबाट भारतमा पावर टे«डिङको क्षेत्रमा पनि भारतीय लगानी लगायत प्रबिधि हस्तान्तरणको क्षेत्रमा पनि नव नियुक्त राजदूतबाट सहजीकरणको लागी अनुरोध गरे ।


क्लिकमान्डु