सिजी ब्राण्डले शुरु गर्यो निःशुल्क एसी सर्भिस क्याम्प २०२२



काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले यही फागुन २५ देखि सिमित अवधिका लागि नेपाल अधिराज्य भरी फ्रि एसी सर्भिस क्याम्प शुरु गरेको छ । यो क्याम्पमा ग्राहकको घरमा रहेको कुनै पनि ब्राण्डको एसी बिनाकुनै पनि शुल्क सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्थासमेत रहेको छ ।

उक्त क्याम्पमा ग्राहकले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसीसँग सिजी ब्राण्डको नयाँ एसी साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा तपाईहरुको एसीको उचित मुल्यांकन गरि ग्राहकको घरमै गएर फ्रिमा जडानसमेत गरिदिने यो क्याम्पको मुख्य आकर्षण हो ।

यतिमात्र नभएर तपाईंले नयाँ एसी खरिद गर्न चाहेमा सिजीका कुनै पनि एसी लिँदा २१ प्रतिशतसम्मको विशेष छुट रहेको छ । ती एसीहरुमा ५ वर्षको कम्पे्रसर वारेण्टीसमेत दिइने छ ।

एसीको स्पेयरपार्टमा ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ । यी सबै सुविधाहरु लिनका लागि ग्राहकले ९८०३६२१९२४ अथवा ९८६४४७५५६९ मा केवल फोन गरी वा [email protected] मा इमेल गरि रजिष्ट्रेशन गर्नु पर्नेछ ।


क्लिकमान्डु