कोकाकोला करछली प्रकरणः सञ्चालकलाई तीन वर्ष कैद सजाय र करिब साढे ७ अर्ब माग गर्दै मुद्दा दायर



काठमाडौं । राजस्व अनुुन्धान विभागले कोकाकोला लगायतका हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपाल विरुद्ध पुँजीगत लाभकर छली गरेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो । जसमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बिगोको शतप्रतिशत जरिवाना समेत कायम गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

विभागले उनीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (झ) र दफा २३ (३) को कसुरमा ऐ. दफा २३ (३) बमोजिम सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको छ ।

विभागले कम्पनिको सञ्चालक समितिमा उक्त कम्पनीको शेयरहोल्डर सयुक्त अरब ईमिरेट्सको दुबई स्थित कम्पनि कोका कोला साउथवेष्ट होल्डिङ लिमिटेड साविकको कोका कोला साब्को एशियाको तर्फबाट प्रतिनिधित्व गर्ने ९ जना बोर्ड सदस्यहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) (घ) बमोजिम कैद सजाय र दफा २३ (४) बमोजिम ब्याज समेत असुल गर्न कम्पनिको प्रवन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखापरीक्षणको मुख्य जिम्मेवारीमा रहेका जना पदाधिकारीहरुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (झ) र दफा २३ (३) को कसुरमा ऐ दफा २३(३) बमोजिम सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको छ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३(१) (घ) अनुसार १० करोड भन्दा बढी विगो कायम हुने करछलीको मुद्दामा तीन वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।


क्लिकमान्डु