प्रि–ओपनिङमा ३ लाख ८५ हजारको कारोबार



काठमाडौं । प्रि–ओपनिङ कारोबारमा सेयर बजार घटेको छ । बजारमा सामान्य अंकको गिरावट आउँदा कारोबार रकम ३ लाख ८५ हजार ४१७ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजार ०.७३. अंकले घटेर २५४२.६५ बिन्दुमा रोकिएको छ । १८ कम्पनीको ९५५ कित्ता सेयर कारोबार भएको छ । कारोबारमा १० कम्पनीका लगानीकर्ताले गुमाउँदा ७ वटा कम्पनीकाले कमाएका छन् ।

प्रि–ओपनिङमा बैंकिङ २.७९, माइक्रोफाइनान्स समूहको उपसूचक ३.२४ अंकले घटेको छ । यस्तै विकास बैंक १३.९६, जलविद्युत ४.१२, माइक्रोफाइनान्स समूहको उपसूचक ३.४२ अंकले घटेको छ ।


क्लिकमान्डु