प्रि–ओपनिङमा सुस्तायो सेयर बजार



काठमाडौं । साताको पहिलो दिन आइतबारको प्रि-ओपनिङमा सेयर बजारमा गिरावट आएको छ ।

यसले बजारमा सुस्तता देखाएको छ । प्रि-ओपनिङमा बजारमा ४.४८ अंकको गिरावट आएर परिसूचक २५४२.५६ बिन्दुमा रोकिएको छ । २३ कम्पनीको ४ हजार २५७ कित्ता सेयर २२ लाख ५५ हजार ८७१ रुपैयाँको सेयर किनेबच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ७.०४, जलविद्युत ६.५३, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३२.६५ अंको गिरावट आएको छ । यस्तै विकास बैंक, फाइनान्स कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ ।


क्लिकमान्डु